back
NMB ad

राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक शुरु : यस्तो छ रक्षा, भौतिक, ऊर्जा सहित पाँच मन्त्रालयको चौमासिक प्रगति

Kumari bank ad

काठमाडौं । मन्त्रालयहरुको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति विवरणको प्रस्तुति सहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मंगलबारदेखि शुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका छन् ।

बैठकमा भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे (उर्जा), सिंचाई सचिव मधुसुदन अधिकारी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भौतिक पूर्वाधार, तथा यातायात मन्त्रालयको वित्तिय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको सचिव रविन्द्र नाथ श्रेष्ठले प्रस्तुत गर्नुभयो । जस अनुसार सडक विभागको वित्तिय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तिय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तिय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तिय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ ।

त्यस्तै रक्षा मन्त्रालयको वित्तिय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति रहेको सचिव रेश्मीराज पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वित्तिय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जा तर्फ वित्तिय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाई तर्फ वित्तिय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गर्नुभएको थियो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वित्तिय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले प्रस्तुतिकरण गर्नुभएको थियो ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको वित्तिय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुराभएको सचिव रामप्रसाद थपलियाले प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा सचिवहरुले विकास निर्माणका सवालमा भोग्दै आएका नीतिगत तथा कानुनी समस्या र आफ्नो मन्त्रालयको तर्फबाट राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा समेत छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेल, सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रक कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बैठकमा प्रस्तुती पछि उपाध्यक्ष कडेल, सदस्यहरु, प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयबाट टिप्पणी गर्दै सुझाव दिइएको थियो ।

बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १९:२३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...