back
NMB ad

राष्ट्रिय योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समिक्षा : दोस्रो दिन यी ६ मन्त्रालयले गरे प्रस्तुती

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले मन्त्रालयहरुको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समिक्षा गरिरहेको छ ।

राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासि प्रगति समिक्षा गर्दै आवश्यक सुझाव र निर्देशन समेत दिएको छ ।

बैठकको दोस्रो दिन मंगलबार कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुती गरेका छन् ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन तथा वातावरणका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव कमल प्रसाद भट्टराई, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुन्ठ अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठक एमडीएसी बाट समाधान हुन नसकी एनडीएसीको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरुको बारेमा छलफल तथा विश्लेषण गरी समाधानका लागि उपयूक्त सुझाब तयार गर्ने, समस्याग्रस्त र विशेष रुपमा अनुगमन गर्नु पर्ने कार्यक्रम तथा आयोजनाहरुको पहिचान गरी तिनीहरुको कार्यान्वयनको लागि गति प्रदान गर्न आवश्यक निर्देशन दिने, केन्द्रीयस्तरमा अनुगमन एवम् अन्तरमन्त्रालय तथा निकाय समन्वय, गरीबीको अवस्थाका वारेमा गरिने सर्वेक्षण, तथ्याङ्क संकलन, विश्लेषण तथा राष्ट्रियस्तरको प्रतिवेदन तयारी सम्बन्धमा आवश्यक मार्गदर्शन दिने, राष्ट्रिय योजना आयोग तथा मन्त्रालयहरुबाट प्रभाव मूल्याङ्कन गरिने संभाव्य नयाँ कार्यक्रम तथा आयोजनाहरुको शिफारिस गर्ने, अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र निर्देशन दिने उद्देश्य निर्धारण गरेर आयोजना गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले जानकारी दिनुभयो ।

मन्त्रालयहरुको तर्फबाट ४५, ४६ र ४७ औं एनडीएसी बैठकले लिएका निर्णयको विस्तृत कार्यान्वयन अवस्था, त्यस मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु, P1 आयोजनाहरुको चालु आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति स्थिति तथा प्रगति कम हुनुका कारणहरु, समस्या समाधानका लागि गरिएका प्रयासहरु, पहिचान गरिएका विकल्पहरु र निर्णयका लागि राष्ट्रिय विकास समस्या समाधान समितिमा प्रस्तुत गर्नु पर्ने प्रस्तावित विषयहरु, चालु १५औं योजनाको नतिजाखाका बमोजिमको हाल सम्मको प्रगति स्थिति, विकास आयोजनाहरुको सम्बन्धमा महालेखा परीक्षकको ५७औं प्रतिवेदनले उठाएका सवालहरु र कार्यान्वयनको स्थिति लगायतका विषयबस्तुहरु प्रस्तुत गर्नु पर्ने थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेल, सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. दिलबहादुर गुरुङ, डा. उषा झा, मीनबहादुर शाही, डा. रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव शिशिर ढुंगाना, प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, महालेखा नियन्त्रक कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठक मंसिर २२ गते शुरु भई २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १८:५० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...