back
NMB ad

यस्तो छ ६६ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको ज्योति लाइफको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी शुरु गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा मंसिर १९ गते निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५४ करोड रहेको छ । ६६ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि पूँजी रू. २ अर्ब २० करोड पुग्नेछ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा गत आवको तुलनामा ९१ प्रतिशत नाफा वृद्धि गरेको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ७६ लाख ४१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ७ करोड २२ लाख २२ हजार पुगेको छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडा कोषमा रू. ४६ करोड ५ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू.२ अर्ब २५ करोडभन्दा बढी जम्मा गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको बीमाशुल्क पुरयाएका आर्जन ९७ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २७ करोड ६५ लाखभन्दा बढी बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.५४ करोड ५७ लाखभन्दा बढी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २३ रहेको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १४:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...