काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बुधबार ७ सय घटेको सुनको भाउ आज पनि ९ सयले रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार ११:०२ मा प्रकाशित