back
NMB ad

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर

Kumari bank ad

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै गएको छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ ।

राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ । नवलपुरमा कुल १२ हजार ७४५ ओटा आर्थिक प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ ।

यो गण्डकी प्रदेशका ११ ओटा जिल्लामध्ये दोस्रो स्थान हो । प्रदेशको कास्कीमा सबैभन्दा बढी ३० हजार ७४५ प्रतिष्ठान रहेका छन् । तेस्रो स्थानमा रहेका तनहुँमा १२ हजार ४३३ ओटा प्रतिष्ठान रहेका छन् । यस तथ्यांकले पनि नवलपुर गण्डकी प्रदेशको आर्थिक केन्द्र बन्दै गएको देखाएको छ ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको भएकाले पनि यहाँ उद्योग, कल कारखाना खुल्ने क्रमसमेत बढ्दै गएको छ । कच्चापदार्थ ढुवानीमा सहजता हुने भएकाले यहाँ आर्थिक प्रतिष्ठान केन्द्रित हुन थालेका हुन् । नवलपुरमा विसं २०७० यता पाँच वर्षको अवधिमा आर्थिक कारोबार गर्ने प्रतिष्ठान खुल्ने क्रम तीव्र रुपमा बढेको छ ।

जिल्लामा रहेका कुल प्रतिष्ठानमध्ये सात हजार ९२४ अर्थात ६२ दशमलव २० प्रतिशत प्रतिष्ठान विसं २०७० देखि २०७५ को अवधिमा स्थापना भएको तथ्यांकले देखाएको छ । यसले पछिल्ला वर्षमा जिल्लामा आर्थिक गतिविधि बढेको देखाएको छ ।

लगानीको वातावरण बढदै जानु, मानिस सीप सिकेर आफ्नो स्वरोजगारमूलक पेशा व्यवसाय गर्ने क्रम बढदै जानु, सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले पनि जिल्लाको आर्थिक गतिविधि चलायमान हुँदै गएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रलले बताए ।

‘सरकारले थप लगानीमैत्री वातावरणको निर्माण र आवश्यक सुरक्षाको प्रबन्ध गर्ने हो भने जिल्लामा आर्थिक प्रतिष्ठान स्थापनाको दरमा अझै तीव्रता आउँछ’, उनले भने, ‘यसले मुलुकको विकास र समृद्धिमा उल्लेखनीय टेवा पुर्‍याउन सक्छ ।’

नवलपुरस्थित १२ हजार ७४५ आर्थिक प्रतिष्ठानमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा तीन हजार १६५ ओटा रहेका छन् । यस्तै गैंडाकोटमा दुई हजार ८५४, देवचुलीमा दुई हजार ५४, मध्यविन्दुमा एक हजार ६२२, विनयी त्रिवेणीमा एक हजार १००, हुप्सेकोटमा ८६२, बौदिकालीमा ५६५ र बुलिङटारमा ५२३ आर्थिक प्रतिष्ठान रहेको तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले बताए ।

यसका साथै नवलपुर क्षेत्रको नारायणी किनार र मध्यवर्ती क्षेत्र चरा अवलोकन गर्ने पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाका सामुदायिक वन, नारायणी नदी र ताल तलैया वरपर चरा अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको हो । केही वर्षअघिसम्म गैंडा, बाघ र अन्य जंगली जनावर हेर्नका लागि आउने पर्यटक अहिले चरा हेर्न भन्दै यस क्षेत्रमा आउने गरेका छन् ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १५:१८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...