back
NMB ad

‘आदर्श विशेष सम्मान’ सपुत र सिर्जनशील पुरस्कार मुस्ताङका थकालीलाई प्रदान गर्ने

Kumari bank ad

बागलुङ । यसवर्षको ‘आदर्श विशेष सम्मान’ चर्चित गायक तथा सर्जक प्रकाश सपुत र सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिने भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा शनिवार उक्त सम्मान तथा पुरस्कारको घोषणा गरिएको हो ।

आदर्श सञ्चारले प्रदान गर्ने ‘आदर्श विशेष सम्मान’ गायक सपुतलाई नगद २५ हजार रुपैयाँ राशी सहितको छ भने आदर्श सञ्चार सहकारीका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशीको हो । उक्त सम्मान तथा पुरस्कार निकट समयमै विशेष समारोहका बीच प्रदान गरिने आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा जन्मिएका सपुतले जीवन संर्घषको सुरुवाती समयमा आदर्श सञ्चारकै प्रकाशन धौलागिरी जागरण दैनिकमा संवाददाताको रुपमा काम गर्नुभएको थियो ।

संस्था स्थापनाको सुरुवाती अवस्थामा जोडिएर महत्वपूर्ण भुमिका निर्वाह गरी पछिल्लो समय पुराना तथा आधुनिक पुस्ताको भावनालाई प्रतिबिम्बित गर्ने खालका कालजयी नेपाली मौलिक गीत संगीत सिर्जना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुन सफल भएकाले गायक सपुतलाई नगद २५ हजार सहित ‘आदर्श विशेष सम्मान’ प्रदान गर्ने निर्णय गरिएको आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले बताउनुभयो ।

गृह जिल्लामा उच्च शिक्षा अध्ययनका क्रममा आदर्श सञ्चार सहकारीले प्रकाशन गरेको धौलागिरी जागरण दैनिकका साथै धौलागिरी एफएममा काम गर्नुभएका सपुतका ‘बोल माया’, ‘गलबन्दी’ ‘बदला बरिलै’, ‘फुटेका चुरा’ जस्ता मौलिक गीत चर्चाको चूलीमा छ ।

आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशकी सांसद तथा राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक प्रभा कोइरालालाई प्रदान गरिएको थियो ।

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि पर्वतका सन्तोष थापा (पर्वत), दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), संगम घर्ति (बागलुङ) र राम थापा अविरल (बागलुङ) लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्धय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । यो कोषलाई आगामी वर्ष ५० हजार थप गरी बृद्धि गर्ने सिर्जनशील पत्रकारिता पुरस्कार कोषका संस्थापक सन्तोष क्षत्रीले बताउनुभयो ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १४:५८ मा प्रकाशित

You can share this post!

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...