back
NMB ad

भोलिदेखि प्रभु लाइफको आईपीओ

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर ‘आईपीओ’ भोलिदेखि बिक्रीमा आउने भएको छ । पूर्व निर्धारित मितिअनुसार नै सोमबार अर्थात् भोलिदेखि उक्त कम्पनीको आईपीओ निष्काशन गर्न लागिएको हो ।

कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु. १०० तोकिएको छ ।  कमपनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ ।

त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाउने छन् । कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ११ अनुमति दिएको थियो ।

त्यसपछि कम्पनीले भोलिदेखि आवेदन खुल्ला गर्ने लागेको हो । आईपीओको निष्काशन अवधी छिटोमा पुस २ गतेसम्म खुल्ला गरिने छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यसमा आस्वा प्राप्त बैंक र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ । आम सर्वसाधारणले न्यूनतम १० कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १७:२२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...