काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
स्पर्शको सोमबार बसेको सञ्चालक समिति बैठकले १९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।
स्पर्शले १ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र ९ लाख ६२ हजार १५२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि पारित गर्न आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।
स्पर्सको चुक्तापुँजी ९ करोड ३७ लाख ४८ हजार १९० रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी ११ करोड २० लाख रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७७ मंसिर ३० मंगलवार ११:२३ मा प्रकाशित