back
NMB ad

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्र अफ हस्पिटालिटीमा विशेष छुट

Kumari bank ad

काठमाडौं । सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन्। सनराइज बैंक लिमिटेड तथा सिद्धार्थ गुप्र अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिद्धार्थ गुप्रका होटलहरूमा खान, बस्न तथा बेबरेज जस्ता सुबिधाको भुक्तानी  गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।

सम्झौतापश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटवल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरूमा अवस्थित होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेहरूमा पनि ग्राहकले छुटको लाभ लिन सक्नेछन्।

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङग् गरौं’ अभियान अनुरूप आफ्ना ग्राहकहरूलाई नविनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकहरूको अपेक्षाअनुरुप सेवा सुविधा थप गर्दै जाने जनाएको छ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:४४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...