back
NMB ad

बढ्यो ऋणको अग्रिम भुक्तानी र एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क बढेको छ । नेपाल राष्ट्र बैंकले हिजो नयाँ निर्देशिका सार्वजनिक गर्दै नयाँ शुल्क सार्वजनिक गरेको छ ।

कर्जा प्रवाह भएको २ वर्षभित्र कर्जाको अग्रिम भुक्तानी वा स्वाप भएमा बैंकहरुले शतप्रतिशत सेवा शुल्क लिन पाउनेछन् । वाणिज्य बैंकले शून्य दशलमव ७५ प्रतिशत, विकास बैंकले एक प्रतिशत र वित्त कम्पनीले एक दशमलव २५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् ।

दुई वर्षदेखि ५ वर्षभित्र कर्जा चुक्ता वा स्वाप भएमा ५० प्रतिशत अर्थात् वाणिज्य बैंकले शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकले शून्य दशमलव पाँच प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव ६२ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् ।

पाँच वर्षपछि भुक्तानी वा स्वाप भएमा भने वाणिज्य बैंकले शून्य दशलमव १५ प्रतिशत, विकास बैंकले शून्य दशमलव २० प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव २५ प्रतिशतसम्म लिन पाउनेछन् ।

स्थिर ब्याजदरमा प्रवाह भएका आवधिक कर्जामा पनि बैंकहरूले ऋणीसँगको सहमतिमा कर्जा स्वीकृतिपत्रमा उल्लेख भएबमोजम सेवा शुल्कको शतप्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सक्ने भएका छन् ।

यस्तै राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा धितोपत्रको मूल्य आम्दानी अनुपात, बुक भ्यालु अनुपात, लाभांश प्रतिलब्धिदर, लाभांश भुक्तानी दरसमेतको विश्लेषण गर्न अनिवार्य गरेको छ ।

धितोमा राखिने सेयरले प्राप्त गर्ने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभए पनि धितोमा गणना गर्न सकिने व्यवस्थामा रोक्का गरेपछि मात्रै कर्जा प्रवाह गर्नसमेत निर्देशन दिएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ०७:५३ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...