back
NMB ad

सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले मुलुक परिवर्तन गर्ने दायित्व सबैको काँधमा आएको बताउनुभयो ।

“परिवर्तनका लागि जनतामा गीत–सङ्गीत र रचनाले जुन छाप छोड्छ भाषणले छाड्दैन”, उहाँले भन्नुभयो, “देशमा ठूला परिवर्तनका लागि गीत–सङ्गीतले महत्वपूर्ण भूमिका खेलेको छ ।” राष्ट्र निर्माणमा गीतकार, सङ्गीतकार, कलाकार सबैको ध्यान केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री पौडेलको जोड छ । “कलममा भएको शक्ति अरु केहीमा छैन, यसले सिङ्गो मुलुकलाई परिवर्तन गर्न सक्छ”, उहाँले भन्नुभयो । हरेक कुरामा नकरात्मक नभई सकरात्मक सोचका साथ मुलुक परिवर्तन गर्ने दायित्व हामी सबैको भएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले देशमा व्यवस्था परिवर्तन भए पनि आचरणमा परिवर्तन ल्याउन नसकेको बताउनुभयो । देशमा जुनसुकै तन्त्र आए पनि नागरिकले अनुभूत गर्ने खालको परिवर्तन हुनुपर्ने भन्दै उहाँले सबैको कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । “देशमा राज्य व्यवस्था फरक हुँदैमा केही हुदैन”, उहाँले भन्नुभयो, “परिवर्तनका लागि सकरात्मक सोचको विकास गरौँ ।” नेपाली गीत सङ्गीत, भाषा, संस्कृतिको संरक्षण र उत्थान गर्नुपर्नेमा उहाँको जोड छ । नेपाली लोकसङ्गीत नसुन्ने अहिले गाउँदै हिँड्न थालेका मुख्यन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा यस वर्षको राष्ट्रिय स्रष्टा सम्मानबाट गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरिएको थियो । उहाँलाई मुख्यमन्त्री पौडेलले नगद रु एक लाख ५१ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभयो ।

सो अवसरमा बोल्दै गीतकार नन्दनले सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले पुरस्कार सम्पूर्ण साहित्य जगत्लाई प्रदान गरेको अनुभूत आफूले गरेको बताउनुभयो ।

यस्तै यस वर्षको उत्कृष्ट गीतकारका रूपमा महेश आचार्य र डायस्पोरा सम्मान अर्जुनरत्न भिखारीलाई प्रदान गरिएको छ । कार्यक्रम गीतकार सङ्घका अध्यक्ष चुणामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वि.सं.२०७७ पुस ४ शनिवार १५:५६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...