back
NMB ad

ग्लोबल आइएमई बैंक र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।

 

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ ।

त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ ।

यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (UK), क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार १४:०२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...