काठमाडमौं । कृषि विकास बैंकले पुस २९ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय बोडे, भक्तपुरमा बिहान ११ बजे गर्ने भएको हो ।
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले अग्राधिकार शेयरधनीलाई चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १५ गते देखि २९ गतेसम्म बन्द रहनेछ । पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
वि.सं.२०७७ पुस ७ मंगलवार ११:५५ मा प्रकाशित