back
NMB ad

पुस २९ गते ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारणसभा, १६ प्रतिशत लाभांश पारित हुने

Kumari bank ad

काठमाडौं । ग्लोबाल आईएमई बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा पुस २९ गते डाकेको छ । बैंकले रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सभा डाकेको हो ।

तर, विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण सरकारले तोकेको मापदण्ड बमोजिम भर्चुअल माध्यमबाट सभा सञ्चालन गरिने बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक शेयरधनी समूहबाट २ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जनासमेत गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइने छ ।

बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति वा सम्झौता लगायतका काम गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा छलफल भई पारित हुने छ ।

वि.सं.२०७७ पुस ८ बुधवार ०८:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...