back
NMB ad

चरिकोट डिवाट्स आयोजना : सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

Kumari bank ad

काठमाडौं । दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर गरिएको छ ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयनसम्बन्धि सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर भएको हो ।

चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत् खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माणका लागि आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । सो आयोजनाको कूल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैंँया रहेको छ भने त्यसको कूल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नु पर्नेछ ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक संचालनमा ल्याइएको सो आयोजना नमूना आयोजनाको रुपमा अघि बढने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भिमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि संचालनमा आउने सो आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गर्नु भयो ।

बागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाईँले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । भिमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना संचालनका लागि पहल गरि दिएकोमा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गर्नु भएको थियो भने आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले सो आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, संचारमन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा यो आयोजना पहिलो पटक संचालनमा ल्याइएको दावी गरिएको छ । सो आयोजना संरचना निर्माणका लागि आवश्यक स्थानलगायतका व्यवस्था सरोकारवालाहरुको सहमतिमा भिमेश्वर नगरपालिका आफैंले गर्नेछ ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०९:०९ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....