back
NMB ad

माघ ८ गते नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा ८ गते बिहीवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १० गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सो कार्यका लागि सम्पूर्ण कम अगाडि बढाउँने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि पुस २२ गतेदेखि साधारणसभा नभएसम्म बैंकको शेयर दाखिल दर्ता बन्द (बुक क्लोज) रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २१ गतेसम्म कारोबार भई पुस २७ गते भित्र बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त भएको नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयररधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

वि.सं.२०७७ पुस १५ बुधवार ११:१२ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...