back
NMB ad

मर्यादित र सभ्य समाज निर्माणमा नेपाल स्काउटको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पौडेल

Kumari bank ad

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मर्यादित र सभ्य समाज निर्माणमा नेपाल स्काउटको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार हेटौँडामा नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समाज रूपान्तरणमा स्काउटले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले अहिलेको समाज नकारात्मकता र विकृतितर्फ उन्मुख रहेको भन्दै सबैको सहकार्यमा समाजलाई रूपान्तरण गर्न सकिने बताउनुभयो ।

उहाँले हामी सबै मिलेर समाजमा बढ्दै गएको विकृति हटाउँदै सभ्य र परिष्कृत समाज निर्माण गर्न जरुरी रहेको भन्दै यस कार्यका लागि स्काउट अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पौडेलले स्काउटको भूमिका बालबालिका प्रति सकारात्मक रहेको समेत बताउनुभएको छ । “समाजलाई परिवर्तन गर्न हामी आफैले बचनबद्ध भएर लाग्नु पर्ने र स्काउटलाई जनतामाझ पु¥याउन प्रदेश सरकारको सहयोग रहनेछ”– मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

सो अवसरमा उहाँलाई नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रुपमा दीक्षित समेत गरेको थियो ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...