back
NMB ad

धारापानी धाममा बढ्दो पर्यटक चहलपहल

Kumari bank ad

दाङ । दाङको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा सधैँ चहलपहल हुन थालेको छ । कोभिड–१९ का कारण बन्द भएको यो ठाउँ आजभोलि स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।

बजारदेखि नौ किलोमिटर दूरीमा पर्ने सो स्थानमा निजी सवारीसाधन वा बस(अटोरिक्साबाट सजिलै पुग्न सकिने र स्थानसम्म सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थिति बढेको छ । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु त्रिशूल निर्माण भएपछि आन्तरिक पर्यटकको गन्तब्य बनेको हो ।

कोभिड–१९ का कारण आठ महिनासम्म मन्दिरमा प्रवेश रोक लगाइएकामा गत मङ्सिरदेखि पुनः खुला भएपछि तीर्थयात्री र अन्य सर्वसाधारणको घुइँचो लाग्न थालेको हो ।

पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या पनि बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताए ।

पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । यो ठाउँ धार्मिक र प्राकृतिक महत्वको भएकाले यहाँ सबैको रोजाइको स्थान भएको छ । कोभिडका कारण सुनसान बनेको यो क्षेत्र पुरानो लयमा फर्कन थालेको छ ।

यहाँ आउने पर्यटकले आफैँ सुरक्षा सावधानी अपनाउने गरेको उनले बताए । “यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो । वनभोज स्थल भने अझै चल्न सकेको छैन । शिवरात्रि र साउन महिनामा यहाँ घुइँचो नै लाग्छ”, अधिकारीले भने ।

अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपिपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्छ । नजिकै सूर्य गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक सयौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउने देखिन्छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धामका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

धामदेखि करीब २०० किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार ९६३ सिंढी बनाउने काम शुरु भएको छ । प्रवेश द्वार निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापुलगायतका संरचना गुरुयोजनाअनुसार बन्दै गएका छन् । गुरुयोजना विभिन्न दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए ।

लुम्बिनी प्रदेश सरकारले यहाँको विकासका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । गुरुयोजनामा धारापानी वरपरको वन क्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार विघा क्षेत्रफमा नौका शयरका लागि ताल बनाउने, सुनकोटमा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना रहेको छ ।

पुलको काम हुँदै

पान्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल नभएका कारण यहाँ आउने यात्रुलाई समस्या हुने गरेको छ । बबई खोलामा वर्षेनी आउने बाढीले धेरै दुःख भोग्नुपरेको छ । घोराही उपमहानगरपालिका–५ मा पर्ने बबई खोलामा निर्माणाधीन पुलको काम ७० प्रतिशत सम्पन्न भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

विसं २०७४ असार २८ गते रु १३ करोड ३१ लाखमा सम्झौता भएको पुलको काम अहिले ७० प्रतिशत सम्पन्न भएको इञ्जिनीयर अमिर सुवेदीले जानकारी दिएका छन् ।

पुल निर्माणको सम्झौता भएको ४० महिना बितिसक्दा भने वित्तीय प्रगति ६७ दशमलव ३० प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

दिवा यति विल्डर जेवी सातदोबाटो ललितपुरले निर्माणको जिम्मा लिएको हो भने निर्माण अवधि २०७७ चैत महिनाको अन्तिमसम्म रहेको छ । भ्याटसहित १३ करोड ३१ लाखमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म नौ करोड १२ हजार भ्याटसहित भुक्तानी लिइसकेको छ भने अब चार करोड ३० लाख ८८ हजार रुपैयाँ भुक्तनी लिन बाँकी रहेको छ ।

पुलको तल्लो भागको काम सबै सकिएको र माथिको भाग मात्रै काम गर्न बाँकी रहेकाले आगामी वैशाखसम्ममा काम सक्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

पुल निर्माण भएसँगै त्यहाँका स्थानीयसँगै दर्शनार्थी तथा पर्यटकलाई सहज हुने देखिएको छ । विश्वकै ठूलो त्रिशूल रहेको पाण्डवेश्वर महादेव धाम, धारपानी पर्यटकीय एवं धार्मिक क्षेत्रमा पुल निर्माणले आवतजावतमा सहज हुने स्थानीयको भनाइ छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...