back
NMB ad

तालचोकमा सहकारी बैंकको ६० औं शाखा शुरु

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उहाँको भनाइ थियो ।

सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भन्नुभयो–दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नुपर्छ ।

विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरुमार्फत सहकारीकर्मीहरुलाई प्रविधिमैत्री बनाउन ध्यान दिन सुझाव दिनुभयो ।

सहकारी क्षेत्रमा पूँजि परिचालन प्रभावकारी रहेको र त्यसलाई उत्पादन तथा बजारीकरणमा केन्द्रीत गर्न सके देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई वित्तीय रुपमा सक्षम बनाउदै सहकारीहरुलाई व्यावसिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका उपाध्यक्ष अपिल कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले सहकारी क्षेत्रको एकमात्रै बैंकका रुपमा रहेको सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि कारोबार लगायतका कार्यमा सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकले ४४ वटा शाखामार्फत सदस्य सहकारीहरुका बीच कारोबार गर्दैै आएकोमा गत असारमा थप २४ वटा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो ।

२४ मध्ये १६ वटा शाखा सञ्चालनमा आइसकेका र थप ८ वटा शाखा सञ्चालनका लागि अन्तिम तयारी भैरहेको बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

तालचोक सहित गण्डकी प्रदेशमा ६ वटा शाखा सञ्चालनमा रहेका र स्याङ्जाको पुतली बजारमा नयाँ शाखा सञ्चालन गर्ने तयारी रहेको जिसीले बताउनुभयो ।

वि.सं.२०७७ पुस २१ मंगलवार ०८:४८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...