back
NMB ad

नारायणी डेभलपमेन्ट बैंकको एजीएम माघ १६ गते हुने तय

Kumari bank ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारण सभा (एजीएम) माघ १६ गते हुने भएको छ । उक्त साधारण सभाले शतप्रतिशत हकप्रद पश्चात पुनः थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले हाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको एक बराबर एक हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपियाँको २०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ६०० रुपियाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्न लागेको हो ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे साधारण सभा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि पुस २९ गतेको दिन बुकक्लोज गर्ने निर्णय गरिएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको सीईओ पौडेलले बताउनु भयो ।

अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न आवश्यक प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजीएमबाट पारित हुनेछ ।

वि.सं.२०७७ पुस २२ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...