back
NMB ad

‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा

Kumari bank ad

गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षित गरी पालुङटार नगरपालिकामा करिब सात करोडको लागतमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ ।

नेपाल एकीकरणको उद्गमस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिगमनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिए ।

“अहिलेसम्म कूल सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ, उनले भने,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बासखोज्दै फर्कनुपर्ने बाध्यता हुनेछैन ।” दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० वटा आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् ।

होटलमा आधुनिक सुविधासम्पन्न बैठक हल, पार्टी प्यालेस, आवश्यकता अनुसार बैठक कोठा तथा रेष्टुरेन्ट रहेका छन् । सञ्चालक पौडेलले भने,“अहिले स्वीमिङपुल निर्माणको काम पनि भइरहेको छ ।” उनले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिए ।

त्यस्तै होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन् भने उनीहरुको चाहानअनुसार स्थानीय कला संस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उनको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा घुम्न आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ।

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त व्यवस्थान नहुँदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपिपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए ।

“आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ आउने पर्यटकलाई समस्या हुदै आएको थियो, उनले भने, “पर्यटकलाई लक्षित गरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुनथालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदायमिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाकोे भनाइ छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार ११:३६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...