back
NMB ad

पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी संकलन

Kumari bank ad

खोटाङ । महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साँढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।

हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको हो ।

गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सीर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।

गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा रु एक लाख ८९ हजार ९९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो ।

दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६.५० ग्राम चाँदी र १.३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।

त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सहित सुन ११.५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।

हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिनुभयो । “हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।”

अहिले व्यापार व्यवसायसमेत खुल्न थालेका छन् । व्यवसायीसमेत आफ्नो लयमा आएका उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्व अध्यक्ष एवं होटल हलेसी भिलेजका सञ्चालक राजेन्द्र लयालुले बताउनुभयो ।

हलेसीमा स्वदेश सहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत्लगायतबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी आउने भक्तजन तथा दर्शनार्थीका लागि आयल निगमको लगानीमा अतिथि गृहसमेत निर्माण भइरहेको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...