back
NMB ad

पर्यटन प्रवर्द्धनका लागि पत्रकारको त्रिवेणी ढोरपाटन यात्रा

Kumari bank ad

बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समय पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । पोखरामा बस्ने पत्रकार अमृत सुवेदीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको यात्रा तय गर्ने भएका छन् ।

नेपालको एक मात्रै शिकार आरक्षा जान लाग्दा उनी निकै उत्साहित छन् । पुसको अन्तिम सातासम्म पानी नपरेकाले ढोरपाटनमा हिमपात भएको छैन् । हिमपातपछि त्यहाँ पुग्नेले नेपालको स्विट्जरल्याण्ड भन्छन्, ढोरपाटनलाई ।

किताब र सञ्चार माध्याममा आएका सामग्री पढेर मात्रै ढोरपाटनको विषयमा जानकारी पाएका सुवेदीले यसपटक आफ्नै आँखाले देख्ने ढोरपाटनको महिमा लेख्ने छन् ।

प्राकृतिक पर्यटनको अनुपम उपहार ढोरपाटन पुग्नुअघि देखेका र टेकेका धार्मिक तथा पर्यटकीयस्थलको चर्चा गर्ने सोँचका साथ उनी यतिबेला प्रदेश दौडाहमा छन् ।

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल पुसको चिसोमा पहिलो पटक ढोरपाटन शिकार आरक्ष पुग्दैछन् । त्यहाँ पुग्दा मुटु कमाउने चिसो भन्दा ढोरपाटनको सुन्दरता र बागलुङ बजारदेखि ढोरपाटनको बीचमा पर्ने पर्यटकीय क्षेत्र मानस्पटलमा कैंद गर्ने हुटहुटीले उनलाई पनि उत्साहित बनाएको छ ।

कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रको प्रचार र नयाँ गन्तव्यको खोजीका लागि सुवेदी र पौडेलजस्तै गण्डकी प्रदेशका सात जना पत्रकारको समूह यतिबेला प्रदेश दौडाहमा छ ।

नवलपुर जिल्लाको सुस्ता त्रिवेणीबाट शुरु भएको यात्रा ढोरपाटन पुगेर फर्कनेछ । “पोखरा र मुस्ताङ गण्डकी प्रदेशको पर्यटनका ब्राण्ड भइसके, अब हाम्रो दायित्व अरु क्षेत्रको पनि प्रचारप्रसार गर्नु हो”, महासङ्घको गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले भने, “त्रिवेणीबाट शुरु भएको पत्रकारको प्रदेश दौडाहाले सम्भावना बोकेका क्षेत्रको पहिचान र प्रचारमा सघाउने छ ।”

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि चाँजोपाँजो मिलाएको हो । नेपाल पर्यटन बोर्डले साथ दिएपछि कार्यक्रम बनाएर पत्रकार त्रिवेणीदेखि ढोरपाटनसम्म दौडिरहेका छन् । “हामी बाटो मात्रै हिँड्दैनौं, सबै क्षेत्रको अध्ययन गर्छौं”, महासङ्घ बागलुङका अध्यक्ष दिल शिरिषले भने, “यो शुरुवात हो, हामीले गरेको शुरुवातलाई सबै क्षेत्रले सघाउनुपर्छ ।” नवलपुरदेखि ढोरपाटन प्रवर्द्धनात्मक कार्यक्रम लिएर हिँडेका पत्रकारले सरोकारवालासँग अन्तक्र्रिया र छलफलसमेत गर्ने गरेका छन् ।

सरोकार पक्षको सुझाव र पर्यटकीय क्षेत्रको वास्तविक अवस्थाका आधारमा प्रतिवेदन तयार गरेर राज्यलाई पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सुझाव पेस गरिनेछ । “हामीले दिने समाचार र तस्बिरले आन्तरिक तथा बाह्य पर्यटकको लागि ठूलो महत्व राख्छ”, महासङ्घका महासचिव पौडेलले भने, “यो पनि विकासको एउटा साझेदार अभियान हो ।” बागलुङका पत्रकारसँगको भेटघाटमा समूहले ढोरपाटन पुगेर फर्किएपछि थप छलफल गर्ने बताएको छ ।

समूहमा पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव पौडेल, पत्रकार सुवेदी, बिमल तिवारी, राजेन्द्र न्यौपाने, रामजी लम्साल, रामबहादुर थापा र दिल शिरीष सहभागी छन् ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:१५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...