काठमाडौं । सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ४८ अंकले बढेर २ हजार ३२९ दशमलव ४८ विन्दुमा पुगेको छ ।
२ हजार ३३३ दशमलव ८८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १३ हजार ४४२ पटकको कारोबारमा २८ लाख ८४ हजार ४४६ कित्ता शेयरको रू. १ अर्ब ४७ करोड ८१ लाख १५ हजार बराबरको खरीदविक्री भएको छ ।
वि.सं.२०७७ माघ ५ सोमवार १२:०३ मा प्रकाशित