
काठमाडौं । नेपाल एसबिआई बैंकले नगद लाभांश सोमवारदेखि शेयरधनीको बैंक खातामा पठाउन शुरु गरेको छ ।
कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा आजदेखि पठाउन शुरु गरिएको बताएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउने पनि कम्पनीले बताएको छ ।
वि.सं.२०७७ माघ ५ सोमवार १२:२० मा प्रकाशित