
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । सिटिजन्सको, चुक्तापुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे सुरु हुनेछ ।
वि.सं.२०७७ माघ ६ मंगलवार ११:५६ मा प्रकाशित