काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले वेरोजगारलाई सीपमुलक तालिम दिने भएको छ ।
तीन महिने तालिम निःशुल्क रूपमा दिइने आज गोरखापत्रमा सूचना निकालेर परियोजनाले जानकारी दिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीन महिने (३९० घण्टे) सीपमुलक तालिम सञ्चालन गर्ने परियोजनाले उल्लेख गरेको छ।
इच्छुक गरिब, वेरोजगार युवाहरूले अनलाइनमार्फत् आवेदन फारम भर्न सक्ने परियोजनाको भनाइ छ। फारम www.event.gov.np मा उपलब्ध हुने परियोजनाले जनाएको छ । अनलाइन फारम फागुन ६ गतेसम्म भरिसक्नुपर्नेछ।
१६ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरू तालिममा सहभागी हुन पाउँछन् । तालिमको समयमा सहभागीलाई खाजाको व्यवस्थासमेत हुने परियोजनाको भनाइ छ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ माघ ७ बुधवार १३:१७ मा प्रकाशित