back
NMB ad

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको छ ।

आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले बधाई ज्ञापन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस ।’
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उहाँले तर अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’

आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उहाँले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ती काम गर्न आग्रह गर्दै उहाँले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।

पशुचिकित्साको क्षेत्रमा विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्ने कार्यमा ध्यान दिन समेत आग्रह गर्नुभयो । त्यस अवसरमा बोल्दै परिषद्को रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा.सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धीत शिक्षण संस्थाहरुलाई गुणस्तरिय बनाउनका निम्ती लागेको बताउनुभयो ।

माघ ३ गते भएको काउन्शिलको निर्वाचनबाट उपाध्यक्षमा डा.स्वयम प्रकाश श्रेष्ठ र डा.सुबिर सिंह, सदस्यहरुमा डा.नरेशप्रसाद जोशी, डा.सुजन राना, डा. श्रृजना मानन्धर, डा. मनोजकुमार शाही, डा.सुवास श्रेष्ठ निर्वाचित हुनुभएको थियो । काउन्शिलको निर्वाचन चार÷चार वर्षमा हुने गर्दछ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १६:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...