back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट शनिवार सम्पन्न भएको छ ।

सो अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।

सो अवसरमा उनले बैंकले संचालनमा ल्याएको पाँच ओटा शाखा कार्यालयहरु र पाँच ओटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन समेत गरेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको बताए ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङ्ग सहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिंदै आएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले विसं २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपियाँ कर्जा लगानी गरेको बताए ।

विसं २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको उक्त बैंक सातै ओटा प्रदेशमा ७७ ओटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २४५ ओटा शाखा कार्यालय, २०५ ओटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ ओटा स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।

वि.सं.२०७७ माघ १० शनिवार १७:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...