back
NMB ad

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

Kumari bank ad

काठमाडौं । कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा विद्युतीय सवारीसाधन आयात गत आवको सोही अवधिमा भन्दा करिब ८८ प्रतिशतले घटेको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधन खरिदमा क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म भन्सार महशुल र ४० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए। त्यसअघि विद्युतीय निजी सवारीसाधन खरिदमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३७ वटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आवको यही अवधिमा ३ सय १५ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। चालु आवको पाँच महिनाको आयात गत वर्षको भन्दा ८८.२५ प्रतिशतले कमी हो।

चालु आवको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडाको सरकारबाट बर्हिगमनसँगै नयाँ अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधनको अन्तःशुल्क तथा भन्सार महशुल केही घटाएका छन्। यसपछि छिटफुट रुपमा विद्युतीय सवारीसाधन आयात हुन थालेको छ।नागरिक दैनिकबाट

वि.सं.२०७७ माघ ११ आइतवार ०८:५५ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...