back
NMB ad

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

Kumari bank ad

तनहुँ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने शालिग्राम कोरिडोरमा एकैसाथ दुई पक्की पुल निर्माण शुरू भएको छ । उक्त कोरिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुई खोलामा पक्की पुल निर्माण थालिएको हो ।

गण्डकी प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई गौरवको योजनामा राखेर काम अगाडि बढाएको छ । यस वर्ष शालिग्राम कोरिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ ।

लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको २१ दशमलव ५ किलोमिटर सडक स्तरोन्नतिको काम दुई महीना अगाडि शुरू भइसकेको छ । घिरिङ गाउँपालिका–१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माण थालिएको छ ।

कोरिडोर लोकमार्गमा पर्ने दुई खोलामा एकैसाथ पक्की पुल शिलान्यास गरी निर्माण शुरू गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वालाखोलामा र ऋषिङ–५ को रूपटार र पिपलटार जोड्नेगरी लुम्दीखोलामा बन्ने पक्की पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार ज्वालाखोलामा २५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडाको ओपन फाउण्डेशनको पुल बन्नेछ ।

आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । चार करोड २१ लाखको इस्टिमेट गरिए पनि तीन करोड २१ लाख एक हजार ६३७ मा ठेक्का लागेको छ ।

लुम्दीखोलाको पुल पनि ओपन फाउण्डेशनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८ दशमलव ४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले पाँच करोड ५१ लाख ९२ हजार २४० मा ठेक्का सम्झौता गरेको ढुंगानाले जानकारी दिए । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...