back
NMB ad

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Kumari bank ad

काठमाडौं । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ ।

काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँका विभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो । “हामी बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ”, अम्गाईंले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ ।”

उहाँले नेपाल स्काउटले सिकेको सीपलाई भरपुर उपयोग गरी आम नागरिक र यातायातकर्मीलाई सन्देश प्रवाह गर्न नचुक्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त समारोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपालका सडक जोखिमपूर्ण छ, कतिबेला गाडी आइपुग्ने हो पत्तै हुन्न, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम हो”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भन्नुभयो, “स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा छ ।” उहाँले जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो ।

यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएको थियो ।

उक्त अभियान प्रभावकारी भए पनि सीमित समय सञ्चालन भएर रोकिएको थियो । यसपालि पनि उक्त अभियान आजदेखि शुरु भएको र स्काउटका स्वयंसेवक एक हप्ता परिचालन हुनेछन् ।

महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्काउटका स्वयंसेवकपछि अर्काे हप्ता अन्य संस्थाबाट आएका स्वयंसेवक परिचालन गरी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियता कमजोर भएको सर्वसाधारणको गुनासो आइरहेको सन्दर्भमा स्वयंसेवक परिचालनले प्रभावकारी हुने विश्वास लिइएको छ । तर उपत्यकामा दैनिकजसो नै सडकमा प्रदर्शन, धर्ना, विरोधलगायत कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १३:३९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...