back
NMB ad

गोदावरीमा बन्न लागेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण ८० प्रतिशत सकियो

Kumari bank ad

ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २० मा सम्झौता भई कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

केन्द्र भवनको भूइँतलामा टाइल हाल्ने काम ७५ प्रतिशत सकिएर शौचालय, स्नानगृह र धारा हाल्ने काम ९० प्रतिशत सम्पन्न गरिनुका साथै केन्द्रको मुख्य भवनबाहेक अन्यमा एसी जडानको कामसमेत सकिसकेको विभागका सव–इञ्जिनीयर रामचन्द्र मेहेता कुशहवाले बताए ।

उनले भने, “हालसम्म केन्द्रभित्रको काम ८० प्रतिशत सम्पन्न भइसक्यो । फल्स सिलिङको काम सातदेखि १० दिनमा सकिन्छ भने भवनको उत्तर र दक्षिणपट्टि एक–एक लिफ्ट हाल्ने काम पनि १५ देखि २० दिनमा सकिने छ ।”

सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो रहनुका साथै ‘बी’ मा तीन हजार क्षमताको कक्ष रहनेछ । ‘सी’ ब्लक भवनमाथि छत ढलान र भूइँतला टायल हाल्न बाँकी रहेको कुशहवाले जानकारी गराए । केन्द्रको ‘बी’ ब्लकमा हालिने तीन हजार मेच आइसक्यो । तीमध्ये दुई हजार ५०० फिट भइसके भने जडान गर्न सबै नै बाँकी रहेको जेभीका स्थलगत इञ्जिनीयर भरतकुमार यादवले बताए ।

उनले भने, “केन्द्रको छतमा ‘रुफ प्यानल’ जडान, वरपर सडक निर्माण र तीनवटा प्रवेशद्वार बनाउन बाँकी छ । भवन दुई तलामाथि र पूर्वतिर भूइँमा टायल हाल्ने काम सकिएर पश्चिमतर्फ मात्र टायल हाल्न बाँकी छ ।” केन्द्र भवनको छतमा ०.५ एमएम मोटाइको प्यानल प्रयोग गर्न सबै बाँकी रहेको र बीचमा ट्रष्टमाथि प्यानल र मुनि सिलिङ रहने यादवले जानकारी गराए ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले कोरोना महामारी पटकपटक सातदोवाटो–गोदावरी खण्डको सडक बन्दले केन्द्रमा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको उनले उल्लेख गरे ।

पहिलोपटक २०७६ को अन्त्य अर्थात् चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । दुई महिना त्यस क्षेत्रभित्रका रुख काट्न, बेलाबेलामा पानी परेर मौसमले साथ नदिँदा बिहान अनि बेलुका दुवै समय काम गर्न पाएनौं र पछि कोभिड महामारीले गत चैतदेखि असार मसान्तसम्म लगभग चार महिना काम ठप्प भएको भट्टले जानकारी गराए । उनले थपे, “आउँदो चैत २८ गतेसम्म केन्द्र निर्माणको काम सम्पन्न गरिसक्ने छौं । नयाँ वर्षमा सम्मेलन केन्द्र तयार हुन्छ ।”

केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार वर्ग फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको बताइएको छ । जेभीले सरकारसँग ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिएको जेभीका साइट इञ्जिीनियर पवन मैनालीले बताए ।

वि.सं.२०७७ माघ १४ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...