back
NMB ad

प्राइम कमर्सियल बैंकले कमायो १ अर्ब ८१ करोडभन्दा बढी नाफा

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा रू. १ अर्ब ३० करोड ७ लाख थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

चुक्तापूँजी रू. १६ अर्ब ८ करोड ३० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ४ अर्ब ९४ करोड ७६ लाख र रिटेन्ड अर्निङमा रू. १ अर्ब ३७ करोड ८२ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब २६ करोड ४२ लाख रहेको छ ।

सो अवधिमा प्रतिशेयर आम्दानी रू. २२ दशमलव ५५, मूल्य आम्दानी अनुपात १२ दशमलव ६०, तरलता अनुपात २३ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ३३ रहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...