back
NMB ad

लुम्बिनी विकास बैंकको नाफा २६ करोड १८ लाख, प्रतिशेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. २६ करोड १८ लाख नाफा कमाएको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २५ करोड २१ लाख नाफा कमाएको थियो । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ५३ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा खुद ब्याज आम्दानी ८ प्रतिशत कमी आएको हो । चुक्तापूँजी रू. २ अर्ब ९० करोड ६४ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. १ अर्ब ६७ करोड ४९ लाख र रिटेन्ड अर्निङमा रू. १८ करोड ५५ लाख सञ्चित गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव ०२, मूल्य आम्दानी अनुापत १३ दशमलव २१ गुणा, तरलता अनुपात २४ दशमलव ८९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ०१ रहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...