back
Hero Ad

सनराइज बैंकको सहयोगमा गैरीधारा चोकमा ट्राफिक बत्ती

काठमाडौं । सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडि गैरीधारा चोकमा सेमि प्रोटेबल ट्राफिक लाइटको स्थापना गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो व्यवस्था गरेको छ ।

उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा लाइटको उद्घाटन गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले स्थापना गरेको लाइटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने बताए । यसले काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य सहरको रुपमा अघि बढाउन मद्दत गर्नेछ ।

सो अवसरमा ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस्तो प्रविधियुक्त ट्राफिक लाइट काठमाडौंका चोक–चोकमा राख्ने उद्देश्य राखेको र सनराइज बैंकले सो उद्देश्यमा साथ दिइ सहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याउने बताए ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १६:४७ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा, के छन् सुविधा ?

वि.सं.२०७९ भदौ १ बुधवार १६:२१

काठमाडौं । सानिमा बैंकले आफू लगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...