back
NMB ad

सिडिएससीको प्राविधिक समस्याले महिला लघुवित्तको आइपीओ निष्कासन गर्ने मिति सर्यो

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन गर्ने मिति २ दिन पर धकेलिएको छ । कम्पनीका अनुसार सीडीएस एन्ड क्लियरिङ लिमिटेडले देखाएको प्राविधिक कारणले आईपीओ निष्काशनको समय सरेको हो ।

माघ २८ गतेबाट आईपीओ निष्काशन गर्न लागेको कम्पनीले मिति २ दिन पर धकेलेर अब माघ ३० गतेबाट मात्रै आईपीओ निष्काशन गर्ने भएको छ ।

 

सर्वसाधारण लगानीकर्ताले माघद्द ३० देखि फागुन ४ गतेसम्म उक्त आईपीओमा आवेदन दिन पाउने छन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने छ ।

 

कम्पनीले ४ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमा ५ हजार कित्ता कम्पनीका कर्मचारी, २० हजार कित्ता म्युचुअल फन्डलाई बाँडफाँट छुट्याएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

 

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १०:४० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...