back
NMB ad

प्रचण्ड-नेपाल समूहको बन्दमा जलेको ट्याक्सीको क्षतिपूर्ति सरकारले व्यहोर्नेः प्रम ओली, फलाम र तामा खानी चाँडै खोल्ने

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मां ओलीले बिहीबार भएको बन्दमा जलाएको ट्याक्सीको क्षतीपुर्ती सरकारले व्यहोर्ने बताउनु भएको छ ।

राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले बिहीबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले गरेको नेपाल बन्दका क्रममा जलाएको ट्याक्सीको क्षती सरकारकाले व्यहोर्ने बताउनु भएको हो ।

 

‘ गरिबले चलाउने ट्याक्सीमा आगजनी गर्ने, ड्राइभर जलाउन खोज्ने अनी सर्वहारा पार्टीको आन्दोलन भयो भन्ने’ ओलीले भन्नुभयो ‘आन्दोलनको नाममा केहीले ट्याक्सी जलाए होलान यो देशका सरकार छ चिन्ता लिनु पर्र्दैन त्यसको क्षती सरकारले व्यहोर्छ ।’

 

ट्याक्सीमा गरिब डाइभर जलाउन खोज्ने सर्वहारा पार्टी कसरी भयो भन्न्ने प्रश्न गर्दै ओलीले त्यस्ताको भाषणको भ्रममा नपर्न समेत सबैलाई आग्रह गर्नुभएको छ । प्रम ओलीले ट्याक्सीको बीमा गरेको पैसा बीमाले तिर्ने र नतिरे सरकारले तिर्न लगाउने समेत जानकारी गराउनु भयो ।

 

ओलीले सरकारले नवलपरासी धौवाधीमा फलाम खानीको परिक्षण गरि फलाम र स्टिलको उत्पादन थाल्ने, तनहुबाट र पर्वतबाट फलाम खानी उत्खनन गर्ने र स्टिल कारखाना खोल्ने, जाजरकोट तामा खानी, बैतडीमा फस्फोरस खानीको उत्खनन गर्ने कार्यमा सरकार लागेको समेत जानकारी गराउनु भयो । उहाँले कोरोनाले पछि परेको उद्योग, पर्यटन क्षेत्र उठाउने जानकारी गराउनु भयो ।

प्रधानमन्त्री ओलीले अहिले केही समूहले नेपालमा लोडसेडिङ भयो भन्दै हिडेको भन्दै अब लोडसेडिङको भ्रम नछर्न समेत आग्रह गर्नु भयो । सरकारले ट्रान्समिसन लाइन बनाउने क्रम सुरु गरेको ढल्केबर शब स्टेशनको उद्घाटन पनि गरेको स्मरण गराउनु भयो ।
ओलीले कृषिको उत्पादकत्व बढाउन अध्ययन भइरहेको पनि स्मरण गराउनु भयो ।

 

कार्यक्रममा उहाँले देशबाट भ्रष्टाचार हटाउने काममा लाग्ने र देशलाई भ्रष्टाचार मुक्त बनाएर छोडने दाबी गर्नुभयो । पार्टीमा केही मान्छे रहदासम्म आयोग गठन गर्न नसकेको र आयोग गठन हुने भएपछि पार्टी छोडेर हिडेको र काम गर्न सजिलो भएको दाबी ओलीको छ ।
आफूलाई काम गर्न नदिएका कारण जाता जनादेशमा जान लागेको भन्दै अबको दिनमा सबै नेपालीले अस्थिरता हैन चुनाव खोजेको पनि जानकारी गराउनु भयो ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १६:१८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...