back
NMB ad

सेयर बजारले कीर्तिमान कायम गरेको दिन अनलाइनबाटै ८० % कारोबार

Kumari bank ad

काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको दिन आइतबार ८०.०६ प्रतिशत सेयर कारोबार अनलान प्रणालीबाट भएको छ ।

यो दिन ५० हजार ९२३ जना लगानीकर्ताले गरेको कारोबारमा ८०.०६ प्रतिशतले अनलाइनबाट भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार अहिलेसम्म ३ लाख २७ हजार भन्दा बढी लगानीकर्ताले अनलाइनको युजरनेम र पासवर्ड लिएका छन् ।

 

नेप्सेका अनुसार आइतबार ८७ हजार ६७० कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँको १ करोड ७७ लाख ३६ हजार ७३४कित्ता सेयर किनबेच भएको छ । नेप्से सूचक २५२४ बिन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकमा आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान हो ।

 

पछिल्लो समय लगानीकर्ताहरुको दोस्रो बजारमा उत्साहजनक सहभागीता बढेको छ । यसको निरन्तरताको लागि सेवालाई सहज, सुरक्षित र विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसको लागि नेप्सेले प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरेको जानकारी गराएको छ । लगानीकर्ताको लगानीको हित संरक्षणका लागि नेप्से तयार रहेको जनाएको छ ।

वि.सं.२०७७ माघ २५ आइतवार १७:०६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...