back

सामाजिक सुरक्षा कोषको सेवा अब नागरिक एपबाटै

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् ।

सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले एपमार्फत आफ्नो नाममा जम्मा भएको योगदान रकमलगायत विस्तृत विवरण हेर्न सक्ने बताए । “योगदानकर्ताले कुन महिनामा कति योगदान रकम जम्मा भयो, भएन, कति प्रतिशत जम्मा भयो भन्ने सम्पूर्ण विवरण सहजै मोबाइलबाटै हेर्न सक्नुहुनेछ”, उनले भने “कोषले प्रवाह गर्ने सेवा पनि सोही एपमार्फत लिन सकिनेछ ।”

कोषले योगदानकर्तालाई विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ । अब छिट्टै कोषले प्रदान गर्ने सेवाका लागि एपबाटै आवेदन दिन सक्ने व्यवस्था मिलाइने बताइएको छ । कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बर राखेर एपमार्फत योगदानकर्ताले आफ्नो सम्पूर्ण विवरण हेर्न सक्नेछन् । “सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट योगदानकर्ताले हेर्न सक्ने सम्पूर्ण विवरण अब एपमार्फत आ–आफ्नो मोबाइलमा हेर्न सकिने छ”, प्रवक्ता पन्थीले भने ।

योगदानकर्ताले कोषबाट कर्जा लिएको भए त्यसको विवरण, अन्य सेवा सुविधा लिएको भए पनि त्यसको सम्पूर्ण विवरण मोबाइलमै हेर्न सकिने छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएको र छिट्टै अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योजनामा समेट्ने सन्दर्भमा झ्न यो एपको महत्व बढ्ने उनी बताउँछन् । “अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने अवस्थामा योगदान रकम सङ्कलन गर्न मोबाइल एपले सहज गर्नेछ”, उनले भने– “एपबाटै निवेदन दिएर आफूलाई चाहिने सेवा सुविधा र विभिन्न शीर्षकको कर्जा आवेदन गर्न सकिनेछ ।” हाल औपचारिक क्षेत्रका श्रमिकको योगदान रकम रोजगारदाताले नै कोषमा जम्मा गर्दै आएका छन् ।

कोषले प्रवाह गर्ने सेवालाई सहज र प्रविधिमन्त्री बनाउने उद्देश्यअनुरुप नागरिक एपमार्फत सर्वसुलभ ढङ्गले मोबाइलबाटै प्राप्त गर्न सकिने उनले बताए। एपको प्रयोगबाट समयको बचत हुनाका साथै सार्वजनिक बिदाका दिन पनि सेवा प्राप्त गर्न सकिने कोषले जनाएको छ । कोषमा जम्मा भएको योगदान रकम तथा अन्य सम्पूर्ण विवरणको जानकारी सहजै लिन कोषले सम्पूर्ण योगदानकर्तालाई नागरिक एप डाउनलोड गरी सेवा प्राप्त गर्न अनुरोधसमेत गरेको छ ।

‘लाइन होइन, अनलाइनबाटै २४ सै घन्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सरकारले आम नागरिकलाई सहजरुपमा सरकारी सेवा उपलब्ध गराउन एप सार्वजनिक गरिसकेको छ । नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्लेस्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एपस्टोर’बाट उक्त एप डाउनलोड गर्नुपर्नेछ । हाल आफ्नै नाममा दर्ता भएको नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ ।

एक लाख ८८ हजार कोषमा सूचीकृत

गत बिहीबारसम्म कोषमा एक लाख ८८ हजार ४५० योगदानकर्ता सूचीकृत भएको छन् । वागमती प्रदेशबाट एक लाख ४१ हजार १०१, प्रदेश १ बाट १९ हजार ४४४, प्रदेश २ बाट १३ हजार ६९५, गण्डकीबाट सात हजार ७६, लुम्बिनीबाट पाँच हजार ९६८, सुदूरपश्चिमबाट ६८८ र कर्णाली प्रदेशबाट ४६० योगदानकर्ता कोषमा आबद्ध भएका छन् ।

कोषमा हालसम्म रु चार अर्ब पाँच करोड ६६ लाख योगदानरकम सङ्कलन भएको छ । तीन करोड ४९ लाख दाबी भुक्तानी भएको कोषले जनाएको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १४:४२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

वि.सं.२०७९ चैत १५ बुधवार १५:२६

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन...