back
NMB ad

‘अर्थतन्त्रमा विप्रेषणको योगदान हेरेर वैदेशिक रोजगार फोरम गठन’

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेकोे सभापतित्वमा वैदेशिक रोजगार फोरम गठन भएको छ । फोरमको सह-सभापतिमा प्रज्ञान न्यौपाने हुनुहुन्छ ।

 

नवगठित फोरम विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मुल्यांकन गरी महासंघले पहिलो पटक वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी वैदेशिक रोजगार फोरम गठन गरेको बताउनु भयो ।

 

वार्षिक करिब ९ खर्बको हाराहारीमा भित्र्ने व्रिपेषणले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको छ । ‘अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलबमा अनेकन समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाई दिदी बहिनीहरू बाध्यछन्’ उहाँले भन्नुभयो ‘यो क्षेत्रलाई अझबढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पु¥याउन सकियोस भनेर महासंघले फोरम गठन गरेको हो ।’ फोरमले वैदेशिक रोजगारीका समग्र विषयमा परिणामदायीरूपमा काम गर्न सुझाव दिनुभयो ।

 

महासंघको रोजगारदाता परिषदका सभापति एवं प्रदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसँग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूका बारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गर्नुभयो ।

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, संजय निरला, संजय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ , विनायक पोखरेल र भवानी निरौला हुनुहुन्छ । यस्तै आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ हुनुहुन्छ । फोरमका सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ , सुजित कुमार श्रेष्ठ, नवराज के.सी. र नरेन्द्र ढकाल हुनुहुन्छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १७:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...