back
NMB ad

नेशनल लाइफ इन्स्योरेन्सले कमायो २३ करोड ६५ लाख नाफा, कस्तो छ वित्तिय अवस्था ?

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमामिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासमा २३ करोड ६५ लाख रुपैयाँ खुदनाफा कमाएको छ ।

 

कम्पनीले गत वर्ष सोही अवधिमा २३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क ४१ प्रतिशतले बढेर ५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । गत वर्ष ३० अर्ब १५ करोड रुपैयाँ रहेको यसको जीवन बिमा कोषमा चालु आर्थिक वर्षमा बढेर ३८ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब २४ करोड ८६ लाख रुपैयाँ छ । कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

दाबी भुक्तानी हुन बाँकी रकम ४० करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६८ पैसा छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:४५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...