काठमाडौं । आज (फागुन ३) सिंगटी हाइड्रो इनर्जीको १४ करोड बराबरको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १०० रुपैँया अंकित दरमा १४ करोड ५० लाख बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७७ फागुन ३ सोमवार १०:१९ मा प्रकाशित