back

मौद्रिक नीति अर्धबार्षिक समिक्षाको प्रभावः सेयर बजारले कायम गर्यो नयाँ रेकर्ड

काठमाडौ । सेयर बजारले आफ्नो यसअघिको रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको छ । सेयर बजार मापन गर्ने नेप्से सूचक ९२.४२ अंकले बढेर इन्डेक्स २५८६.०१ बिन्दुमा रोकिएको छ । इन्डेक्स अहिलेसम्मकै सबैभन्दा बढी हो । कारोबारको सुरुदेखि नै उछाल आएको सेयर बजारमा अन्त्यसम्म पनि उक्त उछाल कायम नै रह्यो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा सेयर धितोकर्जाको सिमालाई खुम्च्याउने भन्दै घटाइएको बजारलाई मौद्रिक नीतिको समिक्षामा हल्ला भएजस्तो धितोकर्जाको सिमा यथावत कायम हुँदा बजारले नयाँ रेकर्ड कायम गर्न सफल देखिएको छ । सेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ७० प्रतिशतलाई घटाउने चर्चा रहेको थियो । त्यो चर्चा केवल चर्चामा मात्रै सिमित बन्दा बजारमा उछाल देखिएको छ ।

 

सोमबार २०५ कम्पनीको २ करोड २४ लाख ७१ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँको सेयर कारोबार भएको छ । यो दिनको कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ५७.३२, निर्जीबन बीमा ४४७.४४, उत्पादन तथा प्रशोधन १५९.६६, माइक्रोफाइनान्स ३७०.३, जीवन बीमा समूहको उपसूचक ६९७.९१ अंकले बढेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...