back
NMB ad

११ वटा फर्मबाट सवा ९१ करोड राजस्व छली, लेखा परीक्षण सहित १३ जना विरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले ११ वटा फर्म मार्फत राजस्व छली गर्ने १३ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी ११ वटा फर्मको बैक खाता संचालन गर्ने सर्लाही जिल्ला बलरा नगरपालिका–०७ का सुवोध साह सहित १० जना उक्त कामका तीन जना मतियारसहित १३ जना विरुद्ध मुद्दा दायर भएको हो । विभागका अनुसार उनीहरुबाट ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागले साह सहित एसविके इन्टरनेशनल, डाइनामिक ईन्टरनेश्नल ट्रेड प्रा.लि., एन एस एक्टिभ ईन्टरनेश्नल प्रा.लि, क्राउन इन्टरनेशनल सप्लायर्स प्रा.लि, मनरेगा सप्लायर्स, यूनियन इम्पेक्स, मेगा राईज ईन्टरनेश्नल ट्रेड प्रा.लि, सन साईन प्रोलिंक ट्रेड प्रा.लि, सि बि एस ईन्टरनेशनल सप्लायर्स प्रा.लि, टिटानियम सप्लायर्स प्रा.लि र रेन्बो एक्टिभ सप्लायर्स प्रा.लिका संचालकहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

 

झुट्टा तथा नक्कली विजकको मुख्य कारोवारी, सबै फर्मको बैंक खाता संचालक प्रतिवादी सुवोध साह समेतले कर विजकको कारोवार गर्ने प्रतिवादीहरु सुरेन्द्र सहनी, सरोज कुमार मिश्र, कलिम अंसारी, अवधेश पटेल, सुमन कुमार महतो, राजेश्वर महतो, ईदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनी समेतको मिलेमतोमा उक्त फर्म खडा गरि वस्तु तथा सेवा खरिद नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ ।

सबैजना विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित एंव सोही ऐनको दफा ४ को खण्ड क, ख र छ बमोजिम कसुर गरी सोही ऐनको दफा २(छ १) बमोजिम ९१ करोड ३० लाख ५६ हजार ५११ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी गरि उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागको भनाइ छ ।

यो कर छलिमा लेखा परीक्षक समेत जोडिएका छन् । लेखा परीक्षण प्रतिवेदन तयार तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षकहरु कृष्ण प्रसाद घिमिरे, दीपक निरौला र दीपक कुमार कोइराला रहेका छन् । उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को साविक दफा २३(२) एवं हाल संशोधित दफा २३(३) बमोजिम मुख्य प्रतिवादीहरुलाई हुने सजायको आधा सजाय हुन मागदावी लिई अदालतमा मुद्दा दायर गरिएको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १८:३९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...