back
NMB ad

नेप्से र सूचीकृत संस्थालाई बोर्डको निर्देशनः कम्पनीको वित्तीय विवरण ५ वर्षसम्म वेवसाइटमा राख्नु

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्था र नेप्सेलाई कम्पनीको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बोर्डले नेप्सेलाई कम्पनीको वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन तथा प्रमुख वित्तीय सूचकांकहरु लगायतका सूचना जानकारी वेवसाईटमा राख्न भनेको छ ।

सूचीकृत कम्पनीबाट प्राप्त धितोपत्र बजार मूल्यमा असर पार्न सक्ने घटना वा जानकारीको सूचना आफ्नो वेवसाइटमा राख्ने गरेको पाइएको भएतापनि प्रमुख वित्तीय सूचकांकहरु पनि वेवसाइटमा राख्न भनेको हो ।

 

धितोपत्रमा लगानी गर्नका लागि सूचना अति आवश्यक हुने भएकोले सूचीकृत कम्पनीले नेप्सेमा पेश गरेका वार्षिक प्रतिवेदन लगायतका विवरण प्रतिवेदन, सूचना तथा जानकारी समेत नेप्सेको वेभसाईटमा अनिवार्य रुपमा राखी उक्त विवरणको अध्ययन विश्लेषण गरी लगानी सम्बन्धमा सचित भै लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको हित संरक्षण गर्नको लागि उपयुक्त आधार तयार हुने बोर्डको भनाइ छ ।

 

सूचीकृत कम्पनीबाट प्राप्त वार्षिक प्रतिवेदन त्रैमासिक प्रतिवेदन प्रतिवेदनमा उल्लेख भएका प्रमुख वित्तीय सूचकाकहरू आफ्नो वेभसाइटमा राख्न भनेको छ । धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम बार्षिक प्रतिवेदन सहितका विवतरणहरु समयमै प्राप्त गरी कम्तिमा ५ वर्षसम्म वेभसाइटमा राख्न भनेको छ ।

 

कम्पनीले कम्तीमा ५ वर्षको प्रमुख वित्तीय विवरणहरुको चार्ट सहितको प्राफाइल तयार गरी वेभसाइटमा राख्न भनेको हो । यस्तै नर्देशनमा उल्लेख भए अनरुप कार्य भए नभएको यकिन गर्ने जिम्मेवारी नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव वा अनुपालना अधिकृतको बोर्डको भनाइ छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार १८:१४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...