काठमाडौं । फागुन २ गतेबाट लिलामीमार्फत बिक्रीमा ल्याएको एनसीसी बैंकको सस्थापक शेयरमा आवेदन दिन अब तीन दिन (आजसहित) बाँकी रहेको छ ।
आउँदो आइतवार अर्थात फागुन ९ गते एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन हो । यसमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १३:१७ मा प्रकाशित