काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बैंकिङ समूहको उपसूचकमा उछाल आउँदा बजारले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समयमा सेयर बजारलाई बैंकिङ समूहले डोर्याउन थालेको छ । अहिले बैंकका लगानीकर्ता क्रमिक रुपमा मालामाल बन्न थालेका छन् ।
नेप्से मापन गर्ने सूचक २५.२३ अंकले बढेर इन्डेक्स २६३६.६८ बिन्दुमा रोकिएको छ । २०६ कम्पनीको १ करोड ९६ करोड ४६ हजार ५७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँको सेयर किनबेच भएको छ । बैकिङ समूहको कारोबारमा उछाल आउँदा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.७७ अंकले बढेर ४८१.७८ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक २३.३७, विकास बैंक ६२.१४, जलविद्युत १८.६, उत्पादन तथा प्रशोधन २०.१६ अन्य समूहको उपसूचक ५३.८२ अंकले बढेको छ भने निर्जीवन बीमा ५०.३, माइक्रोफाइनान्स २८, जीवन बीमा समूहको उपसूचक १०९.७३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको ५६ करोड १ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल इन्फ्रास्टक्चर बैंक र सिभिल बैंक रहेको छ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १५:१२ मा प्रकाशित