काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ९.५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीका फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले ९.११ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद (कर प्रयोजनको लागि) सहित ९.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले साविकको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आव २०७६/०७७ सम्मको संचित मुनाफाबाट मर्जर पछि हालको २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँ चुक्ता पुँजीको उक्त लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ फागुन १२ बुधवार १०:२५ मा प्रकाशित