काठमाडौं । मोलुङ हाइड्रो पावर कम्पनीले पनि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
शेयर निष्काशन तथा बाँडफाँटका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल कम्पनीले ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
जसमध्ये स्थानीय प्रभावित बासिन्दालाई ८ लाख २ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाट क्षमताको जलविद्यु्त् आयोजना सञ्चालन गरिरहेको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार ११:३८ मा प्रकाशित